आजदेखि बस्ने एमाले केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै

मंगलबार, फागुन ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि फागुन १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । 

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकको लागि ६ वटा कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । 

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । 

यसै गरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्