लक्ष्मी सरस्वती पोलिक्लिनिकमा निःशुल्क मृगौला जाँच, ६४ जनाले पाए विशिष्टिकृत सेवा

सोमबार, फागुन ७, २०८०

नेपालगञ्ज । प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क मृगौला जाँच शिविर गरिएको छ ।

नेपालगञ्ज गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिले आज निःशुल्क मृगौला जाँच शिविर आयोजना गरेको हो । 

शिविरमा ६४ जनाले विशिष्टिकृत सेवा लिएका छन् । ती मध्ये रगत जाँचवाट १२ जना र पिसाव जाँचवाट १० जनालाई कुनै न कुनै स्तरको मृगौला सम्बन्धि समस्या देखिएको चेकजाँचमा संलग्न कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. सौरभ हमालले बताए । उनले विहान पौने ७ बजेदेखि साँझ साढे ६ बजेसम्म निरन्तर चेकजाँच एवम् परामर्श गरेका थिए । 

जाँच शिविरमा विशेषज्ञ ओपिडी सेवा, ल्याब (मृगौला सम्बन्धि), सुगर र पिसाबको जाँच निःशुल्क तथा अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिइएको लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क मृगौला जाँच शिविर आयोजना गरिएको लक्ष्मी सरस्वती पोलिक्लिनिकले जनाएको छ । 

सुगर, प्रेसर लगायतका रोगहरुको लामो समयदेखि औषधि सेवन गरिरहेका र अन्य व्यक्तिहरुले समेत आफ्नो मृगौलाको अवस्था थाहा पाउन समय-समयमा जाँच गराउन जरूरी रहेको डा. हमालले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्