गोदावरीमा कांग्रेस नेताहरुको चहलपहल

सोमबार, फागुन ७, २०८०
Neuro hospital Nepalgunj

ललितपुर  । नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा नेता-कार्यकर्ताको चहलपहल सुरु भएको छ।आजबाट ललितपुरको गोदावरीमा शुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ । 

कार्यक्रम स्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् । बैठक स्थलमा विभिन्न सामग्रीहरूको सजावट देख्न सकिन्छ । प्रवेशद्वारामा संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर राखिएको छ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्नेछन्  । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

त्यस्तै प्रवक्ता डा. प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरी समूहगत रूपमा छलफल हुनेछ । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्