भारतबाट बढेर आयो डिजेल, घट्यो पेट्रोलको मुल्य

आइतबार, असार ३१, २०८०

काठमाडौं । भारतीय आयल कर्पोरेसनले डिजेलको मूल्य बढाएर र पेट्रोलको मूल्य घटाएर  पठाएको छ। 

नेपाल आयल निगमले भारतबाट प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलमा प्रति  लिटर २ रुपैयाँ ४७ पैसा बढेर आएको जनाएको छ । त्यस्तै पेट्रोल ३४ पैसाले घटेर आएको निगमले जानकारी दिएको छ।

अब नेपाल आयल निगम सञ्चालक समिति सोही मूल्यकै आधारमा  उपभोक्ताले लिने मूल्य घट्ने वा बढ्नेबारे बैठकबाट निर्णय गर्नेछ । 

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्