प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनीको अधिबेशन सम्पन्न

शनिबार, फागुन ५, २०८०

नेपालगञ्ज । प्रजातान्त्रिक जनस्वास्थ्य संघ  (DNEPHA)  लुम्बिनी प्रदेशको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । 

बुटवलको प्रदेश स्वास्थ्य तालिम केन्द्रमा आज सम्पन्न प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको अधिबेशनबाट गणेशराज पौडेलको अध्यक्षतामा ४ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । 

उपाध्यक्षमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत स्वास्थ्य मन्त्रीका निजी सचिव हरि पुन, सचिव नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत बिनोद विसी, सहसचिवमा माजिद अलि, कोषाध्यक्षमा नेपालगञ्ज उपमहानगरपालिकाकी जनस्वास्थ्य अधिकृत रोशनी पुन चयन भएका छन् । यस्तै सदस्यहरुमा पाल्पाका सन्तोष भट्टराई, रुपन्देहीका बालकृष्ण कँडेल र जितेन्द्र यादब, कपिलबस्तुका जितेन्द्र प्रजापति र सञ्जय हलवाई तथा बर्दियाका बिबेक चौधरी छन् । 

जनस्वास्थ्यमा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधि तह उत्तीर्ण गरेका प्रजातान्त्रिक बिचारधारामा समाहित जनस्वास्थ्यकर्मीहरुको संगठन  प्रजातान्त्रिक जनस्वास्थ्य संघ  लुम्बिनी प्रदेशको प्रदेश 
जनस्वास्थ्यमा स्नातक, स्नातकोत्तर तथा बिद्याबारिधि तह उत्तीर्ण गरेका प्रजातान्त्रिक बिचारधारामा समाहित जनस्वास्थ्यकर्मीहरुको संगठन प्रजातान्त्रिक जनस्वास्थ्य संघ  लुम्बिनी प्रदेशको प्रदेश अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुले आगामी दिनमा यस प्रदेशमा जनस्वास्थ्यको क्षेत्रमा प्रदेश स्तरीय नीति निर्माण लगायत जनस्वास्थ्यको क्षेत्रमा प्राविधिक तथा कार्यान्वयन पक्षलाई प्रभावकारी ढंगले अगाडि बढाउन सरकारी तथा गैरसरकारी निकायहरुमा सहयोग पुग्ने अपेक्षा गरिएको लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले बताए । 

अधिबेशनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष महेश्वरमान श्रेष्ठ, केन्द्रीय बरिष्ठ उपाध्यक्ष नरेशबाबु श्रेष्ठ तथा सचिब निरञ्जन पोख्रेल, केन्द्रीय सदस्य किरण श्रेष्ठ लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ७ वटै प्रदेश स्तरीय अधिबेसन सम्पन्न गर्ने क्रममा लुम्विनी प्रदेशले सबैभन्दा अगाडि नै अधिबेशन संम्पन्न गर्न सफल भएको प्रजातान्त्रिक जनस्वास्थ्य संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा अधिबेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी पाएका नरेशवावुले बताए। 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्