नेपालगञ्ज-जनकपुर चार्टर उडान

शनिबार, फागुन ५, २०८०
Neuro hospital Nepalgunj


नेपालगञ्ज । नेपालगञ्जदेखि जनकपुरसम्म चार्टर हवाई उडान सुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज पहिलोपटक नेपालगञ्जदेखि जनकपुरसम्म चार्टर हवाई उडान गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध तथा प्रबद्र्धनात्मक सहयोग एवम् नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँकेको समन्वयमा यति एअरलाइन्सले उडान सुरु गरेको हो । पहिलो प्रवद्र्धनात्मक उडान आज दिउँसो २ बजेर ४० मिनेटमा गरिएको यति एअरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नियमित उडानको वातावरण बनाउन नेपालगञ्ज–जनकपुर चार्टर हवाई उडान गरिएको हो । आज र पर्सि दुई वटा चार्टर उडान भर्ने कार्यतालिका छ । 

जनकपुरका लागि गरिएको पहिलो प्रवद्र्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी लगायतको टोली रहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

नेपालगञ्ज । नेपालगञ्जदेखि जनकपुरसम्म चार्टर हवाई उडान सुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज पहिलोपटक नेपालगञ्जदेखि जनकपुरसम्म चार्टर हवाई उडान गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध तथा प्रबद्र्धनात्मक सहयोग एवम् नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँकेको समन्वयमा यति एअरलाइन्सले उडान सुरु गरेको हो । पहिलो प्रवद्र्धनात्मक उडान आज दिउँसो २ बजेर ४० मिनेटमा गरिएको यति एअरलाइन्सले जनाएको छ ।

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने धार्मिक यात्रुको सुविधालाई ध्यानमा राखेर नियमित उडानको वातावरण बनाउन नेपालगञ्ज–जनकपुर चार्टर हवाई उडान गरिएको हो । आज र पर्सि दुई वटा चार्टर उडान भर्ने कार्यतालिका छ । 

जनकपुरका लागि गरिएको पहिलो प्रवद्र्धनात्मक उडानमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी लगायतको टोली रहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्