मानव जीवनका लागि योग विज्ञान महत्त्वपूर्ण छ: मन्त्री नमुना

शनिबार, फागुन ५, २०८०

नेपालगञ्ज । लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छिन् ।

योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् ।

योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गरिन् । स्वस्थ भए मात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री नमुनाको भनाई छ ।

योग समिति नेपालका अध्यक्ष योग गुरु गिरिराज शर्मा भट्टरार्ईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा योग समितिमा आबद्ध विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । योग समिति नेपालले योगको महत्व बुझाउँदै आम नागरिकलाई योग गर्न अभिप्रेरित गर्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्