नेदरल्याण्ड्सविरुद्द बलिङ गर्दै नेपाल

शनिबार, फागुन ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग– २ को दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।  

नेपाल घरेलु मैदानमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ भने नेदरल्याण्ड्स एसोसिएट राष्ट्रहरुमा बलियो टिम हो । आईसीसी एक दिवसीय वरीयतामा नेदरल्याण्ड्स १४ औँ र नेपाल १५ औँ स्थानमा रहेको छ । 

यसअघि गत बिहीबार आईसीसी लिग २ कै पहिलो खेलमा नेपाल आफूभन्दा एक स्थान पछाडि भएको नामिबियासँग पराजित भएको थियो । 

नेपालले घरेलु मैदानमा त्रिदेशीय एक दिवसीय श्रृंखला खेलिरहेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्