नेपाल एयरलाइन्सले माग्यो ३० जना एयर होस्टेज ( सूचनासहित)

आइतबार, असार ३१, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले ३० जना एयर होस्टेज पदका लागि दरखास्त आह्वान गरेको हो ।

वायुसेवा  निगमले आज आवेदन खुला गर्दै उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाका लागि ३० जना  एयर होस्टेज पदमा दरखास्त खुला गरेको गरेको हो । 

योग्य नेपाली नागरिकले आजको मितिदेखि १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

२५ वर्ष ननाघेका प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका उम्मेदवारले आवेदन दिन सक्ने पनि निगमले जनाएको छ । 

सूचना 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्