नेपालगञ्जको प्रभात मेमोरियल हाइस्कुलमा 'फुड फेस्टिबल'

शुक्रबार, फागुन ४, २०८०

नेपालगञ्ज । नेपालगञ्ज भृकुटीनगरस्थित प्रभात मेमोरियल हाइस्कुलले फुड फेस्टिबल गरेको छ । 

विद्यालयको बार्षिक कार्यतालिका अनुसार आयोजित फुड फेस्टिबलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले विभिन्न परिकारहरु बनाएर विक्री गरेका थिए ।

विद्यार्थीहरुले चाउमिन, चट्पटे, पकौडा, स्याण्डविच, पानीपुरी लगायतका परिकारहरु बनाएको प्रिन्सिपल गौरब गिरीले बताए । 

विद्यार्थीहरुका लागि पाठ्यक्रममा आधारित ज्ञान मात्र नभएर अन्य ब्यबहारिक सीप र क्षमता अभिबृद्धिमा टेवा पुर्याउने उद्देश्यले फुड फेस्टिबल गरिएको प्रिन्सिपल गिरीले बताए । आफ्ना सहपाठीले बनाएका विभिन्न परिकारहरु विद्यार्थीहरुले रुचीपूर्वक खाएका थिए ।






 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्