प्रजातन्त्र दिवसमा लक्ष्मी सरस्वती पोलिक्लिनिकले निःशुल्क मृगौला जाँच शिविर गर्दै

बिहीबार, फागुन ३, २०८०

नेपालगञ्ज । लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क मृगौला जाँच शिविर गर्ने भएको छ ।

नेपालगञ्ज गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिले फागुन ७ गते निःशुल्क मृगौला जाँच शिविर आयोजना गरेको हो ।

कन्सल्टेन्ट फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. सौरभ हमालले चेकजाँच गर्ने पोलिक्लिनिकले जनाएको छ । जाँच शिविरमा विशेषज्ञ ओपिडी सेवा, ल्याब (मृगौला सम्बन्धि), सुगर र पिसाबको जाँच निःशुल्क तथा अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिइने लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले जनाएको छ ।

पोलिक्लिनिकले अग्रिम नाम टिपाउन आग्रह गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क मृगौला जाँच शिविर आयोजना गरिने लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्