घरेलु मैदानमै नेपाल नामिबियासँग ४ विकेटले पराजित

बिहीबार, फागुन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल आफ्नै घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग– २ को पहिलो खेलमै पराजित भएको छ। आज कीर्तिपुर मैदानमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । कमजोर ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाउन सक्यो । 

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । 

जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । 

नामिबियाका लागि जान फ्राइलिंकले ३४ रन बनाए । 

घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल बिहीबारदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय श्रृंखलाअन्तर्गत पहिलो श्रृंखला नेपालमा भइरहेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता रहेको छ।पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको हो । अन्य टिममा क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् ।  

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्