सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नोटसहित प्रहरीले एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले सारजहाबाट आएका अब्दुला मियाँको साथबाट अवैध ५ सय दरको ९६ हजार भारतीय रुपैयाँसहित आज बिहान साढे ११ बजे पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ गरेको थियो।