भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि बलात्कार

बिहीबार, फागुन ३, २०८०
Neuro hospital Nepalgunj

सिराहा । भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेको घटना बाहिरिएको छ। 

सिराहामा प्रेमीले सरस्वती पूजा र भ्यालेन्टाइन डेको बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। 

बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।

निकेशले किशोरीलाई लहान-१  स्थित अरुणकुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए । बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एक जनाले आफन्तलाई खबर गरेका थिए ।

बालिकाको उपचार विराटनगरमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्