नेपालले नामिबियालाई दियो १३३ रनको सामान्य लक्ष्य

बिहीबार, फागुन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ क्प पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ । 

कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको छ । नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाएको छ । 

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । 

नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । 

नेपालले २१.४ ओभरमा ७३ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ । शीर्ष क्रमका सबै ब्याट्सम्यान आउट भएका छन् । 

घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ ।पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।  

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्