नामिबियाविरुद्द ब्याटिङ गर्दै नेपाल

बिहीबार, फागुन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपालले आजदेखि आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्दै छ।

कीर्तिपुर मैदानमा भइरहेको खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

आजको खेलपछि  शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । यस शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुने तालिका रहेको छ।

आईसीसीको वरीयतामा नेदरल्यान्ड्स १४ औँ, नेपाल १५ औँ र नामिबिया १६ औँ वरीयतामा छन् । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्