महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

बिहीबार, फागुन ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । महेन्द्रनगरबाट  काठमाडौँ आउँदै गरेको बस  कपिलवस्तुको सुरही पुल नजिकै हुँदा १० जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका- सुरही पुल नजिकै बस दुर्घटना भएको हो  ।महेन्द्रनगरबाट काठमाडौँ आउँदै  गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु- प ( प्र-०२-००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो । 

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । 

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्