नेपालले गर्यो क्यानडाविरुद्दको सिरिजमा क्लिनस्वीप

सोमबार, माघ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालले क्यानडाबीचको एक दिवसीय सिरिजमा ३-० ले जित हात पारेको छ। आज भएको अन्तिम खेलमा नेपालका अनिल शाह र भिम सार्कीको उत्कृष्ट प्रदर्शनले नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिजमा क्लिनस्विप गरेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  पहिलो ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै नेपाललाई दिएको २३३ रनको लक्ष्यलाई नेपालले ४३.३  ओभरमा १ विकेटको क्षेतिमा भेटाएको हो।

नेपालका तर्फबाट शाह र सार्कीले २१३ रनको साझेदारी गराएपछि नेपालले क्यानडालाई सजिलै पराजित गरेको हो। शाहले ११२  र सार्कीले १०१ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १३ रन बनाए।

यही सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको हो। 

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्