गृह मन्त्रालयले भन्यो-' फागुन १ गते सार्वजनिक बिदा छैन '

सोमबार, माघ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको जानकारी दिएको छ।

आज गृह मन्त्रालय विज्ञप्ति जारी गर्दै फागुन १ गते बिदा नरहेको जनाएको हो। यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा घोषणा गरे पनि गृह मन्त्रालयले बिदा कायम नरहेको जनाएको हो।

सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख भएपनि  सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश  जारी गरिसकेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्