क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

सोमबार, माघ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल र क्यानडाबीचको एक दिवसीय सिरिजको अन्तिम खेलमा आज भइरहेको छ।  २-० ले जित हासिल गरिसकेको नेपाललाई आज क्यानडाले २३३ रनको लक्ष्य दिएको छ।

पहिलो ब्याटिङ गरेको क्यानडाल्र ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो। क्यानडाका लागि नभनित धलिवालले सर्वाधिक ५० रन वनाए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालका तर्फबाट हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए।

यही सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको हो। आज पनि नेपाल क्यानडालाई हराउँदै ३-० ले सिरिज कब्जा गर्न चाहन्छ।

 

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्