कैलालीमा स्कुलबाट फर्किदै गरेकी बालिकाको खोलाले बगाएर मृत्यु

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

कैलाली । कैलालीमा खोलाले बगाउँदा आज एक स्कुले बालिकाको मृत्यु भएको छ। 

स्कुलबाट घर फर्किने क्रममा कैलालीको गोदावरी नगरपालिका-१२ मा पर्ने खहरे खोलाले बगाउँदा भिमबहादुर खत्रीकी ६ वर्षीया छोरी गीता खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ।

खोलाले बगाएको स्थानबाट गीतालाई खोजतलास गर्ने क्रममा करिब २ किलोमिटर तल शव भेटिएको  प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्