इजरायली आक्रमणमा २८ हजार बढी प्यालेस्टाइनीको मृत्यु

आइतबार, माघ २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । इजरायलले गाजा पट्टीमा जारी राखेको आक्रमणमा हालसम्म मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूको मृत्यु बएको छ  भने १ सय ५२ जना घाइते भएका छन् । 

योसँगै गत अक्टोबर ७ मा इजरेल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ । 

इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि  हवाई आक्रमण गरेको छ  जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनको लागि भूमिगत अपरेशनको योजना तयार गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्