उपरथी निर्मल थापाको रथीमा बढुवा

शनिबार, माघ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।नेपाली सेनाका उपरथी निर्मलकुमार थापाको रथी पदमा बढुवा भएको छ । यूएन मिसन अन्तर्गतको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति मिशनमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा बढाउन उल्लेखनीय भूमिका निभाउँदै आएका उपरथी थापालाई रिक्त रथीमा बढुवा गरिएको हो।  

 माघ २५ गते बसेको मन्त्रिपरिषदको बैठकले थापालाई  रिक्त रथीमा बढुवा गरेको हो । उपरथी थापालाई रिक्त रथी पदमा बढुवा गर्नका लागि सेनाको जंगी अड्डाले पुस ११ गते ७ दिने सूचना प्रकाशन गरेको थियो ।

थापा नेपाली सेनामा २०४३ सालमा भर्ना भइ हाल सिरियास्थित यूएन मिसनमा फोर्स कमाण्डरमा कार्यरत रहेका छन् ।  

बढुवा भएता पनि सिरियामै रहेका कारण कहिले फर्केर दर्ज्यानी चिन्ह ग्रहण गर्ने हुन् अझै खुलाइएको छैन । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्