क्यानडालाई हराउन नेपालले पायो २८६ रनको लक्ष्य

शनिबार, माघ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  एक दिवसीय सिरिजको दोस्रो खेलमा आज भइरहेको खेलमा नेपाललाई क्यानडाले जितका लागि २८६ रनको लक्ष्य दिएको छ।

आज बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको हो।

यसअघिको पहिलो खेलमा नेपालले क्यानडालाई   ७ रनले हराएको थियो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए। 

नेपालले दिएको २२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएको थियो । आज नेपालले तेस्रो खेल अगावै सिरिज कब्जा गर्न चाहान्छ।

 

 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्