उत्तरप्रदेशमा हाइटेन्सन लाइन छोइएर ५ जना बोलबम यात्रीको मृत्यु

आइतबार, असार ३१, २०८०

काठमाडौं । भारतको उत्तरप्रदेश राज्यमा  ५ जना बोलबम यात्रीहरुको करेन्ट लागेर मृत्यु भएको छ ।

गएराति उत्तरप्रदेशस्थित मेरठ जिल्लाको राली चौहान गाउँमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको उत्तरप्रदेश प्रहरीले बताएको छ।

गएराति करिब ८ बजे बोलबम यात्रीहरु सवार रहेको गाडीको भागले  हाइटेन्सन लाइनको तारमा छुदा करेन्ट लागेर १० जना गम्भीर घाइते भएका थिए।

उत्तरप्रदेश प्रहरीका अनुसार गम्भीर घाइते मध्ये ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइतेहरुको मेरठमा  उपचार भइरहेको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्