पहिचान पक्षधर र कोशी सरकारबीच ५ बुँदे सहमति

शुक्रबार, माघ २६, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । पहिचान पक्षधर  र  कोशी प्रदेश सरकारबीच ५ बुँदे सहमति भएको छ । आज भएको दुवै पक्षबीचको वार्तामा ५ बुँदे सहमति भएको हो । 

दुई दिन चलेको वार्तापछि सहमति भएका ५  भएको ५ बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामकरण सम्बन्धमा सरकार र  आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइने छ । 

यी हुन् ५ बुँदे सहमति-

१.प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

२.आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३.पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

४.पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

५.अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्