भीषण वर्षाले दक्षिण कोरियामा बाढीले २० जनाको मृत्यु, हजारौं विस्थापित

शनिबार, असार ३०, २०८०

काठमाडौं । भीषण बाढीले दक्षिण कोरियामा २० जनाको मृत्यु भएको छ । बाढीबाट त्यहाँका हजारौं मानिसहरु विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

लगातार तीन दिन परेको भारी वर्षाले दक्षिण कोरियाका   विभिन्न क्षेत्रमा पहिरो जादा सवारीसाधनहरु अलपत्र परेका छन् ।  विद्युत आपूर्तिले त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।

प्रधानमन्त्री हान डक सुले सेनालाई उद्दार कार्यमा सहायता गर्न निर्देशन दिएका छन् । अहिलेसम्म  १० जना हराइरहेका छन् भने अरु धेरै घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

बाढी-पहिरोका कारण त्यहाँका साढे ६ हजार बढीको संख्यामा स्थानीयहरु आफ्नो घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन् । भारी वर्षका कारण त्यहाँको रेल सेवासमेत बन्द गरिएको छ। 

 

 

 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्