पूर्व डीआईजी छविलाल जोशीको घर प्रहरीको छापा

बिहीबार, माघ २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  नेपाल प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको काठमाडौँस्थित घरमा छापा मारेको छ । सूर्यदर्शन सहकारीले ठगी गरेको विषयमा जोशीको घरमा छापा मारेको हो।

बुधबार साँझ शंखमुलस्थित घरमा छापा मारेर महत्वपूर्ण दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राईका व्यापारिक साझेदार पूर्व डीआईजी जोशीको घरमा रहेका महत्वपूर्ण सामग्रीलाई सुरक्षित गरेर पोखरा पठाउने भएको छ ।

काठमाडौँ परिसरको टोलीले छापा मारेको भए पनि यसलाई गोप्य राखिएको छ । पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्रबाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्वपूर्ण कागाजात बरामद गरेको हो । 

लामिछाने र जोशी ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालकसमेत हुन् । साथै राई र जोशी विभिन्न कम्पनीका व्यापारिक साझेदार पनि हुन् । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्