नापी सर्भेक्षक १ लाख रुपैयाँ घुससहित पक्राउ

बिहीबार, माघ २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई घुस लिएको अवस्थामा पक्राउ गरेको छ।

अख्तियारको टोलीले  सर्भेक्षक चौलागाईसहित  राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्र बहादुर पोखरेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको जनाएको छ।

उनीहरुले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अवस्थामा  पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्