कांग्रेस नेता बुढाथोकीको निधनप्रति सांसद गिरीद्वारा दुख व्यक्त

मंगलबार, माघ २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद दीपक गिरीले  कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति दुख व्यक्त गरेका छन।

नेपाली काँग्रेसका पुराना ,कर्मठ र  पार्टीप्रति ईमानदार नेता बुढाथोकीको निधनमा आफू  निकै मर्माहित भएको बताउँदै मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै सांसद गिरीले बुढाथोकीको निधनले कांग्रेसले एक सच्चा नेता गुमाएको भन्दै परिवारजनमा समबेदना प्रकट गरेका छन् ।

गिरी आज बुढाथोकीको अन्तिम संस्कारमा सहभागी हुन झापा प्रस्थान गरेका छन।

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्