कास्की प्रहरीमा रवि लामिछानेविरुद्द जाहेरी

सोमबार, माघ २२, २०८०
Neuro hospital Nepalgunj

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न १८ जना व्यक्तिहरु विरुद्ध जाहेरी परेको छ। पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले उनीहरुविरुद्द पुरक जाहेरी दिएका हुन् ।

जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा आज जाहेरी दिएका हुन् ।

पीडितको पुरक जाहेरी परेको हो । यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ । 

पीडितहरुले आइतबार नै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले प्रक्रिया नमिलेको भन्दै फर्काएको थियो । बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन्।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्