आगलागीमा परेर मुगुमा दाजु-बहिनीको मृत्युु

सोमबार, माघ २२, २०८०
Neuro hospital Nepalgunj

मुगु । मुगुमा आगलागीबाट एकै घरका सहोदर दाजु-बहिनीको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका-२ गाँडेखोलामा आफ्नै घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा आगोमै जलेर १२ वर्षीया बहिनी झरना सहित १४ वर्षीय विशाल संञ्ज्यालको आइतबार बिहान १ बजे मृत्यु भएको मुगु प्रहरीले जनाएको छ। 

उनीहरु गाँडेखोलामा रहेको घरमा आमासँगै दाइ बहिनीसँगै सुतेका थिए । बिहान २ बजे घर भित्र आगो दनदनी जलेको विशालले देखेका रहेछन् । 

विशालकी आमा सरस्वती र विशाल बाहिर निस्के विशालकी आमा छिमेकीलाई गुहार माग्न थालिन विशालले बहिनी भित्रै रहेको थाहा पाएर बहिनी बचाउन भित्र पस्दा बाहिर निस्कनै नपाई बहिनी सँगै आगोमा जलेर विशालको मृत्यु भएको खत्याड गाउँपालिका-२ का वडा अध्यक्ष हेमराज मल्ले बताए ।

खत्याड गाउँपालिका-२ गाडेखोलामा बस्दै आएका लालु संञ्यालको घरमा आगलागी हुँदा उनका दुइ छोरा छोराछोरीको मृत्यु भएको र सँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली संञ्ज्यालको घर समेत पूर्ण रूपले क्षति भएको छ ।

घरमा आमा र दुई जना दाइ बहिनी बस्दै आएका थिए मृतक बालबालिका बाबु लालु संञ्ज्याल मजदुरी गर्न भारत गएका छन् । विशाल कक्षा ७ मा र बहिनी कक्षा ४ मा जनजागरण मावि सेरीमा अध्ययन गर्दै आएका थिए ।

बिहान २ बजे उनीहरू बस्दै आएको तिन तले काठ र ढुङ्गाबाट निर्मित घरमा उनीहरूले बालेको आगोबाटै आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । 

राती बालबच्चासहित आमा सरस्वती सन्ज्याल १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झ्ररना सन्ज्यालसंगै सुतेकी थिइन् । मृतकका आफन्त विष्णुराज दाहालले दिएको जानकारी अनुसार घरमा तीन जना मात्र थिए । एक दुई दिन अगाडि मृतककी आमा बाहिर सरी हिजो मात्र घर भित्र पसेर घर लिपपोत गरेर बेलुकीको खाना खाई सुतेका थिए । 

२ बजे मृतक विशालले घर भित्र आगो दन्केको देखी आमालाई भनेपछि आमा आत्तिँदै छिमेकीलाई गुहार माग्न पुगिन । मृतक विशाल बहिनीलाई बचाउन घर भित्र छिरेका रहेछन् । बाहिर निस्किन खोज्दा दलिनमा आगो दन्केर बाहिर आउने सकेनन् छन् । 

आमा सहित तिन जना छिमेकी तत्कालै पुगेका भए पनि उद्धार गर्न आएकाहरूले आगो राप बढेकाले उद्धार गर्न सकेनन् । झ्यालबाट विशाल बचाउनका लागी गुहार मागिरहेका रहेछन् दुबै दाइ बहिनीलाई उद्धार गर्ने एउटै उपाय झ्याल फोडेर बाहिर निकाल्न सकिने रहेछ सरिया तोड्नका लागी चाहिने औजारहरू तत्कालै नभेटिएकाले झ्यालमा राखेका फलामे सरिया तोड्न नसक्दा उनीहरूको ज्यान गएको बताइएको छ ।

मृतकका शव आगोले जलेर सनाखत हुन नसक्ने अवस्थामा भेटिएका छन् । शवको पोस्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर झिकाई घटनास्थलमै पोस्टमार्टम गरिने प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्