ओखलढुङ्गा कांग्रेसमा महासमिति सदस्य सर्वसम्मत चयन

सोमबार, माघ २२, २०८०
Neuro hospital Nepalgunj

ओखलढुङ्गा। नेपाली कांग्रेसले ओखलढुङ्गा जिल्लामा  महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । 

विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो । 

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बिक चयन भएको कांग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गानाले बताए । 

सहमतिको अधिकतम प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यको नामावली टुङ्ग्याएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्