कपिलवस्तुबाट सशस्त्र प्रहरीले संकलन गर्यो करिब पौने ३ करोड राजस्व

शनिबार, असार ३०, २०८०
Neuro hospital Nepalgunj

कपिलवस्तु । तस्कर नियन्त्रणमा काविल बन्दै सशस्त्र प्रहरीले कपिलवस्तुबाट यस आर्थिक वर्ष २०७९-८० मा करिब पौने ३ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

यस आर्थिक वर्षमा सीमा तस्करीलाई सशस्त्र प्रहरी बलका यसअघिका सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) सुर्य शेन वली र बर्तमान एसपी जीवन केसीले त्यस्ता गतिविधीलाई कडाइ गर्दै अवैध सामग्री बरामद गर्दै सशस्त्र प्रहरी नं. २८ गण कपिलवस्तुले २ करोड ६२ लाख ७७ हजार २७१ रुपैयाँँ  राजस्व संकलन गर्न  सफल बनेको सशस्त्र प्रहरी बल कपिलवस्तुले जनाएको छ।

अहिलेको बर्तमान समयमा कपिलवस्तुमा हालका एसपी केसीले नेपाल भारत खुल्ला सीमाका कारण हुने साना ठुला तस्करीमा  निगरानी बढाएपछि तस्करको भागाभाग भएको छ । सम्भावित तस्करीलाई मध्यनजर गर्दै एसपी  केसीले मातहतको विओपि तथा चेक पोष्टलाई तस्करी नियन्त्रणमा कडा निर्देशन दिएका छन् ।

एसपी केसीले छिमेकी देश भारतका सुरक्षा निकायसंग पनि यस बारेमा समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्न समेत पहल गर्दै आएका छन्।

कपिलवस्तु क्षेत्रको झण्डै ९३ किलो मिटर लामो सीमा क्षेत्रमा एसपी केसीको नेतृत्वले गरेको सीमा सुरक्षा र तिव्र अनुगमनले सीमा क्षेत्रबाट उठ्ने राजश्वमा समेत बृद्धी हुन थालेको त्यहाँ स्थीत भन्सार कार्यालय बताउँछ ।

एसपी केसी भन्छन “ सशस्त्र प्रहरीको सीमामा कडा निगरानी हुँदा अवैध सामाग्री ओसारपसार, सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका छन्” ।

एसपी केसीले त्यस क्षेत्रको कमाण्ड सम्हालेको  करिब ६ महिनाको अवधिमा गरिएको कडाईमा अवैध सामाग्री लगायत  तस्करहरुले प्रयोग गर्ने मोटरसाइकल, साइकल, स्कुटर लगायत सवारीसाधन बरामदलाई समेत तिब्रता दिएपछि आजभोलि तस्करहरु पलायन झै भएका छन् ।

भारतबाट भित्रने अवैध सामानका कारण आफ्नो व्यापार घटेको बताउने कपिलवस्तु क्षेत्रका स्थानीय व्यापारी पनि यतिवेला खुसी देखिन्छन् । सशस्त्र प्रहरीले थालेको यस्ता अपरेशनले तस्करी नियन्त्रण हुँदै आफ्नो व्यवसाय बृद्धि हुन थालेको स्थानीय व्यापारी बताउछन् ।

सीमापारीबाट कपिलवस्तु भित्रिने लत्ताकपडा, हार्डवेयर, पशुजन्य बस्तु, खाधान्न ,जुत्ताचप्पल लगायतका अन्य सामाग्रीको तस्करी निरन्तर घट्दै गएपछि यतिबेला कपिलवस्तुका व्यापारीहरुलाई धेरै राहत मिल्दै आएको छ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्