नेपालगन्ज मेडिकल कलेजको अपोलो मेडिक्स अस्पतालसँग सहकार्य

शनिबार, माघ २०, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले भारतको लखनऊ स्थित अपोलो मेडिक्स अस्पतालसँग क्लिनिकल र एकेडेमिक सहकार्य सुरु गरेको छ ।

शनिबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेश कुमार कनोडिया,अपोलो मेडिक्स अस्पताल लखनऊका प्रबन्ध निर्देशक डा.मयंक सोमानी र नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संयुक्त रुपमा सहकार्यको सुरुवात गरेका हुन्  ।

केही निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमीनार तथा अस्पतालमा कार्यरत चिकित्सकसँग अन्र्तक्रिया गरी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गर्न यो सहकार्यले सहजता मिल्ने विश्वास लिएको अस्पतालका सहायक निर्देशक डा।नितेश कुमार कनोडियाले बताए ।

अस्पतालले अपोलो मेडिक्ससँगको सहकार्यमा बिरामीलाई सुपरस्पेशालिटी सेवाहरु क्यान्सर रोग, आई.भि.एफ सेवा, मुटु रोग, मुटुको शल्यक्रिया , प्लास्टिक सर्जरी सेवा, क्यान्सर सर्जरी प्रदान गर्नेछ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्ज ९नर्सिङ्ग होम०मा प्रत्येक शनिबार सञ्चालन हुने ओ।पि।डि। सेवा निःशुल्क प्रदान गरिने र अन्य सेवामा सामान्य शुल्क लाग्ने अस्पतालले जानकारी दिएको छ ।

कलेजले अपोलोसँग अस्पतालमा कार्यरत चिकित्सकसंग अन्र्तक्रिया गरी आफ्नो र चिकित्सा शिक्षामा प्राज्ञिक स्तर उन्नती गरिने सम्झौता गरेको छ । नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र डाक्टहरुले अपोलो हस्पिटलद्वारा आयोजित विभिन्न शैक्षिक कार्यक्रमहरु, फेलोशिपहरु, अन्य प्रशिक्षणहरुमा प्राथमिकता र छुट पाउने जानकारी दिईएको छ ।

अस्पतालले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा बिरामीको आवश्कता अनुसार अपोलोमा रिफर हुने बिरामीको पहिलो फलोअप निःशुल्क हुने जनाईएको छ । यस्तै दोश्रो फलोअपबाट बिरामीले ओ.पि.डि चार्जमा २० प्रतिशत छुट पाउनेछन् भने ल्याब र रेडियोलोजी परिक्षणमा समेत २० प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।  यो सुविधाका लागि नेपालगन्ज मेडिकल कलेज नेपालगंज ९नर्सिङ्ग होम० बाट लिएको आधिकारिक रेफरल कार्ड बिरामीले अनिवार्य देखाउन पर्ने जानकारी दिईएको छ ।

सहकार्य सुरु गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका प्रबन्ध निर्देशक डा।सुरेश कुमार कनोडियाले यो सहकार्यले बिरामीहरुले निःशुल्क सुपरस्पेशालिटी परामर्श्उपचारको सेवा आफ्नै शहरमा पाउने विश्वास लिएको बताए। उनले यस क्षेत्रमै सम्भव नहुने उपचार सेवाका लागि मात्र बिरामीहरुलाई रिफर गरिने स्पस्ट पारे ।

अपोलो मेडिक्स अस्पताल लखनऊका प्रबन्ध निर्देशक डा.मयंक सोमानीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालसँग सहकार्य गर्न पाउँदा आफुहरु खुशी भएको प्रतिक्रिया दिए । टिम मिलेर काम गर्दा बिरामीले गुणस्तरीय सेवा पाउँने भन्दै उनले यो सहकार्यलाई फलदायी बनाउँन आग्रह गरे ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो सहकार्यले पश्चिम नेपालका बिरामीहरुले सजिलै सुपरस्पेशालिटी सेवाहरु पाउँने भन्दै खुशी व्यक्त गरे । वर्षौदेखी बिरामीको स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै नगर प्रमुख विष्टले नेपालगन्ज मेडिकल कलेज परिवारलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमलाई नेपालगंज मेडिकल कलेजका डाइरेक्टर डा.एम किदवाई, सर्जन डा।अनुप शर्मा लगायतले सम्बोधन गरेका थिए ।

अस्पतालका सहायक निर्देशक डा.नितेश कुमार कनोडियाले लामो प्रयासपछि सहकार्यको यो अभियान सफल भएको भन्दै यसमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा अपोलो मेडिक्स अस्पताल लखनऊका विज्ञ चिकित्सकहरु, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार लगायतको उपस्थित थियो ।

वि.सं.२०५३ सालमा स्थापना भएर नेपालको स्वास्थ्य तथा चिकित्सा विज्ञान क्षेत्रमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्