माधव नेपालले पूर्वराजालाई भने-' देश राम्रो नचलेको भए चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ'

शनिबार, माघ २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  देश राम्रोसँग चलेको जस्तो नलागे पूर्वराजा ज्ञानेन्द्र शाह चुनाव लडेर प्रधानमन्त्री बन्न सक्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  बताएका छन् ।

आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न नेता नेपालले सुझाव दिएका हुन् ।

उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न पूर्वराजा शाहलाई  सुझाव दिए । उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे । नेपालले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए । 

पछिल्लो समय शाह सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै आएर आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा राख्दै आएका छन् । सत्ता साझेदार दलका अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको पनि बताए

‘हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौं । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ’, नेता नेपालले भने ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्