क्यासिनो प्यालेसबाट ९ जना पक्राउ, ९६ लाख रुपैयाँ बरामद

शुक्रबार, माघ १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रहरीले काठमाडौंको दरबारमार्गमा रहेको क्यासिनो प्यालेसबाट करिब १ करोड रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा ३ जना भारतीय र ६ जना नेपालीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ९६ लाख रुपैयाँ  बरामद गरेको हो। यस बारेमा प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। 

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्