ओली र प्रधानमन्त्रीबीच भेटघाट, 'टिआरसी विवाद छिटो टुंग्याउनेबारे छलफल'

शुक्रबार, माघ १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । 

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । अध्यक्ष ओली प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्ग्याउने सन्दर्भमा छलफल गरेका थिए । 

प्रचण्डसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताए।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुङ्ग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत् छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’

अध्यक्ष ओलीले टीआरसीसँग सम्बन्धित विधेयकमा पीडित मैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत् रहेको पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्