यू-१९ विश्वकप: सुपर सिक्सको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दै

शुक्रबार, माघ १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज भारतसंग सामना गर्दैछ। 

समूह 'डी' बाट अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको नेपाल आफ्नो सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसंग ५ विकेटले पराजित भएको हो। 

सुपर सिक्सको खेल अगाडि नै  सेमिफाइनलको दौडबाट बाहिरीसकेको नेपालले आज सान्त्वनाका लागि भारतसंग खेल्न लागेको हो।

नेपाल समूह चरणको खेलमा न्यूजिल्याण्डसंग ६४ र पाकिस्तानसंग ५ विकेटले पराजित भएको थियो। 

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्