सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते, एकको अवस्था गम्भीर

शुक्रबार, माघ १९, २०८०
Neuro hospital Nepalgunj

परासी । सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । 

पश्चिम नवलपरासी जिल्लाको सुनवलमा बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएराति सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ।

१७ जना घाइतेहरुमा ११ जना घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ती घाइतेमध्ये एकको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्