युरोप पठाइदिने भन्दै ६ सय जनालाई ठगी गरेको आरोपमा कन्सल्टेन्सी सन्चालक पक्राउ

बिहीबार, माघ १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । विदेश पठाइदिने भन्दै ६ सय भन्दा बढीलाई ठगी गर्ने विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

ललितपुरको कन्जोसोम गाउँपालिका ४ घर भई हाल इमाडोल बस्ने ३२ वर्षे तामाङलाई धेरैलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौँ महानगरपालिका १६ बालाजु चोकमा युरो विङ्स एजुकेसन कन्सल्टेसन संचालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपेली मुलुक माल्टा, पोल्याण्ड, क्रोएसिया र क्यानडा लगायतका देशहरूमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करोडौँ रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार कसूर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका तामाङलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । 

तामाङलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्