योजना आयोगको सदस्यमा उमाशंकर, वायु सेवा निगमको उपाध्यक्षमा राई नियुक्त

बिहीबार, माघ १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ । रिक्त रहेको सदस्य पदमा उमाशंकरलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो।

त्यसैगरी नेपाल वायु सेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उपाध्यक्षमा नियुक्त भएका राई नेपाल वायु सन्चालक समितिका सदस्य हुन् ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्