दाङमा जंगली च्याउ खादा आमा-छोरा बिरामी, तुलसीपुरमा उपचार हुँदै

शनिबार, असार ३०, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङमा  जंगली च्याउ खादा एकै घरका दुई जना बिरामी परेका छन् ।  

जिल्लाको बंगलाचुली गाउँपालिका-१ स्युजाका जंगली च्याउ  खाएर ३८ वर्षीय आमा यमा कुमारी वली उनका १२ वर्षीय छोरा एकिन वली बिरामी परेका हुन् ।

शुक्रवार बिहानको खानामा जंगली च्याउको तरकारी खाएर बिरामी पर्दा यमा कुमारी र  छोरा एकिनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा  उपचार भइरहेको वडा नं. १ का वडाध्यक्ष विष्णु कुँवरले जानकारी दिएका छन् ।

च्याउ खाएर  अत्याधिक पेट दुखेर गाउँपालिकाकै प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालमा उपचार सम्भब नभएपछि आज बिहान आमा-छोरालाई तुलसीपुर लगिएको वडाध्यक्ष कुँवरले बताए ।

 

 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्