यू-१९ विश्वकप: सुपर सिक्समा आज नेपालले बंगलादेशविरुद्द खेल्दै

बुधबार, माघ १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । साउथ अफ्रिकामा जारी एक दिवसीय यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले आज बंगलादेशको सामना गर्दैछ। 

समूह 'डी' बाट अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको नेपाल आज दिउँसो पौने २ बजे बंगलादेशविरुद्द खेल्न लागेको हो।

सुपर सिक्सको खेल अगाडि नै  सेमिफाइनलको दौडबाट बाहिरीसकेको नेपालले २ दशकपछि   बंगलादेशलाई हराउँन प्रयासरत हुनेछ भने आज नेपाललाई हराएर बंगलादेश सेमिफाइनलका लागि २ अंक जोड्न चाहान्छ।

नेपाल समूह चरणको खेलमा न्यूजिल्याण्डसंग ६४ र पाकिस्तानसंग ५ विकेटले पराजित भएको थियो।  नेपालले यसअघि बंगलादेशलाई सन् २००२ मा पराजित गरेको थियो।

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्