निर्माणाधीन घरबाट खसेर ईन्जिनियरको मृत्यु

मंगलबार, माघ १६, २०८०
Neuro hospital Nepalgunj

पोखरा । पोखरामा निर्माणाधीन एक घरको छतबाट खसेर ईन्जिनियरको मृत्यु भएको छ ।

आज दिउँसो  पोखरा महानगरपालिका वडा नं.६ डिहिकोपाटनस्थित निर्माणाधीन एक घरको पाँचौँ तलाको छतबाट खसेर पोखरा ८ रत्नचोकका ३७ वर्षीय ई.प्रवीण भट्टराईको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामाका अनुसार निर्माणाधीन घरको सोलार गर्नेक्रममा पाँचौं तलाको लिफ्टबाट उनी खस्न पुगेका थिए ।

गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा दिउसो नै मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराई पोखरा न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको  जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्