मिटरब्याजीप्रति नरम भएको भन्दै सिराहाका सिडिओ र एसपी तानिए

मंगलबार, माघ १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । गृह मन्त्रालयले सिराहाका सुरक्षा प्रमुखहरु फिर्ता बोलाएको छ। मिटरब्याजीप्रति नरम भएको भन्दै  मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा र एसपी टेकुनन्द इवा लिम्बूलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको हो ।

उनीहररूले मिटरब्याज पीडितलाई न्याय दिलाउन प्रभावकारी भूमिका निर्वाह नगरेकाले आज फिर्ता बोलाइएको गृह मन्त्रालय श्रोतले जनाएको छ । 

गत माघ ४ गते मिटरब्याज पीडित र साहुबीच सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा विवाद भएको थियो । 

सो विवादको क्रममा केही नागरिक घाइते भएका थिए । त्यस क्रममा साहुले पीडितलाई न्याय दिन इन्कार गर्दै धम्की दिएको र झगडा हुँदा मिटरब्याज पीडितले साहुलाई कुटपिट गरेका थिए ।  

छलफलमा सहभागी कल्याणपुरका अमर यादव लगायतले साहु सूर्यकुमार यादवमाथि हातपात गरेका थिए । त्यसपछि प्रशासनले पीडितलाई नै थुनेर मिटरब्याजको मुद्दामा छलफल गराउन सकेको थिएन।  

पीडितलाई न्याय दिनुको सट्टा साहुको पक्षपोषण गरेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले त्यतिबेला कल्याणपुर नगपालिका–११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको थियो । 

साहुजनको कुटपिटबाट पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको थियो ।जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो । 

छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेका थिए । सो घटनामा प्रहरी र सीडीओको भूमिका शंकास्पद रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्थानमा नयाँ सीडीओ र एसपी खटाइएको छैन ।

कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

एसपी लिम्बूलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा प्रहरी प्रधान कार्यालयल्र  रोक्दै आएको थियो। दुवैलाई तस्करीको लाइन खोलेको आरोप पनि लागेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्