'समुदायमा कांग्रेस' अभियानमा जनताका सुन्दै कांग्रेस नेता

मंगलबार, माघ १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  नेपाली कांग्रेसको आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।

शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरवात गरेको हो । अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुने छैनन् ।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । वडा(वडामा जिल्ला प्रतिनिधि खटिएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्