बाँकेमा प्रदेश सभा सदस्य कप फुटबल

सोमबार, माघ १५, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ विकासनगरमा आजदेखि प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

बाँकेका क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा विभिन्न २१ क्लवको सहभागिता रहेको छ ।

आज दिउसो १ बजे बिभिन्न साँस्कृतिक झाँकीसहित प्रतियोगिताको उद्घाटन भएको प्रदेशसभा सदस्य खत्रीले जानकारी दिए । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत सोही स्थानमा राखिएको थियो ।

युवाहरुलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरुको प्रस्तावमा प्रतियोगिता गर्न लागिएको खत्रीले बताए । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्