काभ्रे सहायता समिति बेल्जियमको अध्यक्षमा गौतम र संरक्षकमा उप्रेती 

सोमबार, माघ १५, २०८०

बेल्जियम । काभ्रेपलाञ्चोक जिल्लामा थातथलो भएर बेल्जियममा बसोवास गर्दै आएका प्रवासी नेपालीहरुको संस्था काभ्रेपलाञ्चोक सहायता समिति बेल्जियमको दोश्रो बार्षिक साधरण सभा हेरेन्टमा सम्पन्न भएको छ । 

सभाले उद्धबप्रसाद गौतमलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन राउत, उपाध्यक्षमा सुदीप तिवारी, नवराज गौतम, महिला उपाध्यक्षमा रैना बस्नेत श्रेष्ठ, महासचिवमा तिलक बल तामाङ्ग, सचिव सुरज खरेल र कोषाध्यक्षमा शारदा धिताल चयन गरेको छ भने कार्यकारी सदस्यहरुमा मनोज खरेल, रबिन खड्का, विरेन्द्र खड्का, बिनेश ढुंगाना, जानु नेपाल, फुलमाया तामाङ्ग र सुनिल केसीलाई चयन गरेको हो। 

साथै आइतबार सम्पन्न अधिवेशनले दामोदरप्रसाद आचार्यलाई वरिष्ठ सल्लाहकार र सल्लाहकारहरुमा टिकाभक्त खरेल र सहदेव गौतमलाई चयन गरेको छ भने संस्थापक अध्यक्ष दिनेश उप्रेतीलाई संरक्षकमा चयन गरेको छ ।   

प्रमुख अतिथि लुम्बिनी–कपिलबस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदर आचार्य र समितिका संस्थापक अध्यक्ष दिनेश उप्रेतीले सयूक्त रुपमा  पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै आचार्यले समितिको लोगोमा अंकित पुस्तक र हृदयको धड्कन उल्लेखित प्रतिकले संगठनको मूल उद्देश्यलाई मुखरित गरेको बताउँदै यस तर्फ केन्द्रीत रहन सबैलाई आग्रह गरेका थिए । 

गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले काभ्रे जिल्लाका पिछडिएको माझी सुमदायको उत्थानका लागि समितिले गरेको सहयोग अतुलनीय रहेको बताइन् । 

नेपाली व्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष यमु निरौलाले मातृभूमीको जनजीविका र विकासका सवालहरुमा बेल्जियममा भएका सामाजिक संघसंस्थाहरु एक भएर अगाडी पुग्नुपर्ने सुझाव दिए। निरौलाले नेपालको विकास र परिवर्तनका लागि प्रवासी नेपालीहरुले हातेमालो गर्न सके यसले अझ सार्थकता पाउने बताए । 

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चीरनकुमार खवासले संघसंस्थाहरुले कार्यक्रम निर्माण गर्दा प्राथमिकताको आधारमा गर्नु र यसका लागि संस्थाहरु बिच समन्वयको खाचो रहेको बताएका थिए।

त्यस्तै  एक्टिभ इन्टरकल्चरल फेडेरेसनकी प्रतिनिधि रुबिना शर्मा, तमु समाज, बेल्जियमका अध्यक्ष होम गुरुङ्ग, नेपाली जन–प्रगतिशील मंचका प्रतिनिधि मनिष गुरुङ्ग, क्षत्री समाज, बेल्जियमका अध्यक्ष दीपक कार्की लगायतले अधिबेशनको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । 

संस्थाका संस्थापक अध्यक्ष दिनेश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाले हालसम्म गरेका कार्यक्रम तथा गतिविधिका सम्वन्धमा महासचिब मोहन राउतले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सचिब बल तामाङले आमन्त्रित सबैलाई स्वागत गरेका थिए।

सन् २०१७ मा स्थापित समितिले नेपालको शिक्षा, स्वास्थ्य लगायत नेपाल र नेपालीका लागि परिआउने समस्याहरुमा आर्थिक सहयोग प्रदान गर्दै आएको संस्थापक अध्यक्ष दिनेश उप्रेतीले बताए । कार्यक्रममा बेल्जियम स्थित नेपाली संघसंस्था र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्