अत्याधिक बढेको जाडोका कारण नेपालगन्जका विद्यालयमा फेरि बिदा

आइतबार, माघ १४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेमा निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगन्जका विद्यालयरुमा पुनः जाडो बिदा दिइएको छ ।

अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते दुई दिन नेपालगन्ज उपमहानगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

यसअघि माघ ४ गतेदेखि ८ गतेसम्म पनि विद्यालयहरुमा जाडो विदा दिइएको थियो । तर, मौसममा सुधार नभएपछि फेरि विदा दिइएको छ। बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्